धनगढी, १७ भदौ/ धनगढी उपमहानगरपालीका १९ को ललिपुर घाट स्थित दशगजा क्षेत्रमा भन्सार छलीको सामान बरामद गरेको छ । नेपालबाट भन्सार छली गरी भारत पठाउदै गरेको १लाख ५८ हजार ७ सय ५० रुपैयाँको समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको टोलीले ३ वटा डलबमा ६७ बोरा केराउ बरामद गरी आवश्यक कारबाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।