सुर्खेत ।
सुर्खेत जिल्ला अदालतका एक जना कर्मचारीलाई कोरोना देखिएपछि अदालत सील गरिएको छ । अदालतको मुद्दा फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएपछि आजदेखि अदालत सील गरिएको हो ।
अदालतका अन्य कर्मचारीसँग समेत सम्पर्कमा रहेर उहाँले काम गरेकाले आजदेखी सील गरिएको सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।
अर्को सूचना जारी नहुँदासम्म अदालतको सेवा बन्द गरिएको बास्कोटाको भनाई छ । संक्रमित कर्मचारीको भदौ १४ गते स्वाब संकलन गरिएको थियो ।
अत्यवाश्यक सेवा म्याद थप, पक्राउ पूर्जी, बन्दी पत्यक्षकरण बाहेकका अन्य सेवाहरु बन्द गरिएको बास्कोटाले जानकारी दिए । बाँकी कर्मचारीहरुको स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि बन्द सेवाहरु सुचारु हुने उनको भनाई छ ।