धनगढी, १७ भदौ/ सेती प्रादेशीक अस्पतालले अबदेखी कोरोना भाइरस (कोभिड–१९) परिक्षण शुल्क लिने भएको छ । नेपाल सरकारको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निणर्य अनुसार स्वईच्छाले परिक्षण गराउने व्यक्तिहरुले २ हजार ५ सय शुल्क तिर्नुपर्ने भएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले नेपाल सरकारको निर्देशिकाले तोकेभन्दा बाहेका व्यक्तिले शुल्क तिरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।
