धनगढी, १६ भदौ
धनगढी उप–महानगरपालिकामा मंगलवार कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अनुसार मंगलवार थप ६ जनामा कोरोनाको संक्रमण भेटिएको छ । लैङ्गिक रुपमा तुलना गर्दा महिला भन्दा पुरुष संक्रमितहरुको संख्या धेरै रहेको छ ।

अहिले सम्म धनगढी उप–महानगरपालिकाले २ हजार ६ सय ५९ जनाको पिसिआर चेक गरेको जनाएको छ । जसमा सबैभन्दा बढी संक्रमित वडा नं १२ मा ३८ जना र सबैभन्दा कम वडा नं १७ मा १ जना संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए ।
