धनगढी, १६ भदौ/ मंगलबार धनगढी उपमहानगरपालिकाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका थप ६ जनामा कोरोना पुष्टि भएको हो । धनगढी–४ का ३ जना, धनगढी–६ का एक जना, धनगढी–१२ का एक जना र धनगढी–१९ का एक जनामा संक्रमण पुष्टि भएको छ ।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ।