धनगढी, १६ भदौ/ बझाङमा मंगलबार ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखीएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएका सबै भारतबाट आएका रहेका छन् ।
केदारस्यूँ गाउँपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको र सबै भारतको विभिन्न ठाउँबाट आएर क्वारेन्टिमा बसिरहेको गाउँपालिका सूचना तथा संचार प्रविधि अधिकृत लेखराज रावलले जानकारी दिए । उनले हालसम्म केदारस्यूँमा स्थानियमा संक्रमण नदेखीएको र केही हप्ता अघि दुई सयभन्दा बढी स्थानियको पिसिआर परिक्षण गर्दा एकजनामापनि संक्रमण नदेखीएको बताए ।
बुङ्गल नगरपालिकामा संक्रमण देखीएका १४ जनापनि सबै भारतबाट आएको र क्वारेन्टिनमा बसीरहेको नगरपालिकाले जनाएको छ । यस्तै थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जना कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसीरहेका छन् ।