काठमाडौँ, १६ भदौ/ काठामाडौँको सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय, ६० वर्षीय र ६४ वर्षीय पुरुष कैदी रहेका छन्।
४० वर्षीय कैदी भदौ १० गते कोरोना भाइरसबाट संक्रमित भएका थिए। उनको सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।
यस्तै ६० वर्षीय र ६४ वर्षीय पुरूष कैदीको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का कैदीको स्वाब परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आउन बाँकी छ।
संक्रमित कैदीमा मुटु रोग र मानसिक समास्या थियो। यसैगरी ६० र ६५ वर्षीय कैदीको पनि मुटु रोग र दमको रोगाबाट पीडित थिए। हालसम्म केन्द्रीय कारागारका ५२ कैदीमा कोरोना देखिएको छ।