धनगढी, १६ भदौ/ दार्चुलामा ८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका ८ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताएका छन्।
यसअघि ५ लजनामा स्क्रब टाइफस देखिएकोमा सोमबार मात्रै थप ३ जनामा स्क्रब टाइफस संक्रमण देखिएको डाक्टर दुवालले बताए। सोमबार मात्रै ३ जना महिलामा स्क्रब टाइफस देखिएको छ।
महाकाली नगरपालिकाका २ जना र मालिकार्जुन गाउँपालिकाका १ जना गरी ३ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए। मालिकार्जुन गाउँपालिकामा १ पुरुष तथा ३ महिला गरी ४ जना, महाकाली नगरपालिकामा १ पुरुष तथा २ महिला गरी ३ जना र ब्याँस गाउँपालिकाका १ पुरुष गरी जम्मा ८ जनामा स्क्रब टाइफस देखिएको सूचना अधिकारी भट्टको भनाई छ।
तीमध्ये १ जनालाइ रिफर गरिएको छ भने १ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।