धनगढी, १५ भदौं
होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिकाले संचालन गरेको क्वारिन्टीनमा राखिएका ब्यक्तिहरुका लागि खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
संस्थाले २० किलो मसिनो चामल, दाल, मटर, तेल, नुन, १४ वटा मच्छर झुल, १४ वटा हाईजिन किट, मास्क, सेनीटाईजर, तुथपेष्ट, साबुन, स्याम्फू, सेनीटरी प्याड लगायतका चिजहरु उपलब्ध गराएको हो । यी सामाग्रीहरु संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिका कोभिड उपसमिति संयोजक नारायण प्रसाद बराललाई हस्तान्तरण गरेका हुन ।