धनगढी, १५ भदौ/कञ्चनपुरमा निषेधाज्ञा एक हप्ता थपिएको छ । जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको जनाएको हो ।
यसअघि १४ भदौ राति १२ बजेदेखि लागू हुने गरी आइतबार राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक हप्ता थपिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
पहिला साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बजार व्यापार व्यावसाय बन्द गर्नु पर्ने नियम भए पनि अहिले समय परिवर्तन गरी बिहान ७ बजेदेखि साँझ साढे पाँच बजेसम्म मात्रै व्यापार व्यावसाय तथा यातायात सञ्चालन गर्न पाइने उनले बताए ।
बाँकी नियमहरु पहिलाकै लागु हुने उनले बताए ।