धनगढी, १५ भदौ/ सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्ड अनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिने भएको हो ।
कोरोना भाईरसका गम्भिर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन ।
कोरोना जितेर घर फर्कएकालाई आफ्नो प्लाज्मा दान गरी अन्य बिरामीको जीवन रक्षा गर्न सेती अस्पतालले आग्रह गरेको छ ।

