धनगढी, १५ भदौ/ धनगढी उपमहानगरपालिकाका–१७ सहित विभिन्न ठाउँका २९ जना कोरोना संक्रमित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।
सेतीले नै व्यवस्थापन गर्नेगरी स्थापना गरिएको कोरोना अस्थायी अस्पतालको आईसोलेसनमा १५ महिला र १४ पुरुष गरी २९ जना संक्रमितको उपचार भईरहेको छ।
जसमा उपमहानगरपालिकाका ११ महिला र ६ पुरुष गरी १७ जना, कैलारी गाउँपालिकाका एक पुरुष, घोडाघोडी नगरपालिकाका एक पुरुष, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना, कृष्णपुर नगरपालिकाका एक पुरुष रहेका छन्।
यस्तै डोटीको बोगटान गाउँपालिकाका एक पुरुष, दार्चुलाको मालिकार्जुनका एक महिला र एक पुरुष, दार्चुलाकै शैल्यशिखर नगरपालिकाका दुई पुरुष र मालिकार्जुन ५ का एक पुरुष पनि आईसोलेसन भर्ना भएका छन्।
अस्पतालबाट अहिले सम्म ८९ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भईसकेका छन्।