धनगढी, १५ भदौ/ कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट आईतबार ९४ जना नेपाल भित्रिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले गौरीफन्टा नाकाबाट ६८ जना र गड्डाचौकीबाट २६ जना गरी ९४ जना स्वदेश फर्किएको जानकारी दिए।
उनीहरु सबैलाई स्थानीय तहको जिम्मा लगाईएको छ। उनका अनुसार आईतबार दुवै नाकाबाट एक सय ६५ जना भारतीय फर्किएका छन्।
गौरीफन्टाबाट एक सय १२ र गड्चौकीबाट ५३ जना भारतीय फर्किएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।
