धनगढी, १४ भदौ/ २०५७ सालमा कैलालीका विभिन्न स्थानमा चोरीगरी २० बर्षदेखी फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले भदौ ९ गते उनिहरुको घरबाटै पक्राउ गरेको छ । डाकाचोरी मुद्धामा फरार रहेका लम्कीचुहाका कर्मराज थापालाई अदालतले आठ ओटा डाकाचोरी मुद्धामा ८७ बर्ष कैद र ४४ हजार एक सय ५३ रुपयाँ जरिवाना तोकेको थियो ।
उनीसंगै प्रहरीले स्थानिय क्रमराज थापा, भगत चौधरी, गुनसिंह कठरिया, टिकाराम चौधरीलाई पक्राउ गरेको छ । चारै जनालाई २०६१ सालमा जिल्ला अदालत अदालतले १ सय ७० बर्ष कैद सजाय सुनाएको थियो । अदालतले सजाय सुनाएपछि उनीहरु लामो समयदेखी भारतमा लुकेर बसिरहेका थिए । कोरोना महामारीले भारतमा लकडाउन भएसंगै चारै जना नेपाल फर्किएपछि प्रहरी पक्राउ गर्न सफल भएको हो ।
लकडाउन अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई ठुलो सफलता मिलेको छ । बर्षौदेखी भारत लगाएत तेस्रो मुलुकमा लुकीछिपी बसेका र लकडाउन भएसंगै नेपाल फर्किएका अपराधीलाई धमाधम पक्राउ गरिरहेको छ ।
२०६८ सालमा धनगढीका एक स्थानियलाई कुटपिट गरि हत्या गरेर मुद्धामा फरार रहेका धनगढीका सुर्वण श्रेष्ठलाई प्रहरीले ९ बर्षपछि लकडाउन अवधिमै पक्राउ गरेको छ । उनि लामोसमय भारतमा लुकेर बसेका थिए, भारतमा लकडाउन भएसंगै उनि नेपाल फर्किएका थिए । श्रेष्ठलाई प्रहरीले धनगढीबाटै पक्राउ गरेको छ । उनलाई थप पक्रियाको लागी अदालतमा बुझाई सकेको प्रहरीले जनाएको छ ।
यस्तै जबरजस्ती करणी मुद्धामा फरार रहेका लम्कीचुहा नगरपालिका–४ का दिर्घराज कोइरालालाई पनि प्रहरीले लकडाउन अवधिमै पक्राउ गर्न सफल भएको छ । उनी लामो समयदेखी भारतको दिल्लीमा लुकेर बसेको र लकडाउनमा घर फर्किएपछी असार १८ गते घरबाटै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीले लकडाउन अवधिमा मात्रै अदालतबाट कैद तथा जरिवाना सजाय तोकेका १६ जना, अदालतबाट फैसला नभएको तर फरार रहेका ७ जना र अनुसन्धानको क्रममा चालु मद्धामा फरार दुई दर्जन भन्दा अपराधीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ९डिएसपी० प्रतिक बिष्टले जघन्य प्रकृतिका लामो समयदेखी पक्राउ गर्न नसकिएका र भारत लगाएत तेस्रो मुलुकमा लुकेर बसेका अपराधीलाई लकडाउनमा नेपाल फर्किएपछि पक्राउ गर्न सफल भएको बताए । उनले चारीडकैती, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, संगठीत अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, वन तस्करी लगाएतका मुद्धामा ५० जनाभन्दा बढी फरार प्रतिवादी पक्राउ गरिएको बताए ।
डिएसपी बिष्टले भने ‘अहिले हामीले फैसला कार्यान्वयनलाई प्राथमिकता दिएका छौ, फरार प्रतिवादी पक्राउ गर्नेको लागी बिशेष टिम बनाएर परिचालन गरेका छौ, लामो समयदेखी लुकेर बसेका अपराधी खोजतलास गर्दा पक्राउ परेका छन् ।’ उनले अधिकाशं संख्यामा भारत लुकेर बसेको र लकडाउनको समय नेपाल फर्किएकाहरु रहेको बताए ।
कैलालीमा गत बर्षको तुलनामा चालु आर्थिक बर्षमा फरार प्रतिवादी पक्राउ पर्नेको संख्या वृद्धी भएको छ । प्रहरीले लकडाउनको मौका छोपेर फरार प्रतिवादी पक्राउ गर्न सक्रियता देखाएको छ । प्रहरी प्रवक्ता बिष्टले आफ्नो मतहतका प्रहरीहरु संग समन्वय गरेर खोजतलास गर्न लगाएकोले सफलता प्राप्त भएको बताए । उनले लकडाउन र निषेधाज्ञाले फरार प्रतिवादी पक्राउ गर्नमा ठुलो सहयोग पुगेको बताए । उनले भने ‘भारत सजिलै आवतजावत गर्न नसकिएको अवस्थामा, भारतका लुकेर बसेको अवस्थामा भारतमा समस्या परेर नेपाल फर्किएकोले पक्राउ गर्न सजिलो भएको हो ।’ सफलता राम्रै मिलेको छ ।
लकडाउनमा जबरजस्ती करणीका घट्ना बढे
लकडाउनको अवधिमा जबरजस्ती करणीका घट्ना बढेको उनले बताए । मान्छेहरु काम नभएर किसिमका अपराधिक घट्ना बढेको उनको दाबि छ । भारत लगाएत तेस्रो मुलुकबाट मान्छेहरु धमाधम नेपाल आईरहेकोले सुरक्षा चुनौती रहेको बिष्टले बताए । ‘अहिले मानिसहरुमा आर्थिक समस्या बढ्दै गएको छ, आर्थिक अपराध र चारी डकैतीका घट्ना बढीरहेका छन् ।’ यस्तै लकडाउनमा घरेलु हिसाँ र साईबर अपराधका घट्नाहरु बढेको उनले बताए ।
लकडाउन अवधिको साउन महिनामा मात्रै ज्यान मार्ने उद्योगमा १३ मुद्धा, कर्तव्य ज्यानमा १, फुटकर ज्यानमा ५, बिष सेवनबाट ९, झुण्डीएर २३, साधारण चोरी १३, जबरजस्ती करणी १५, बालविबाह बहुविवाह ८, बोक्सी आरोपमा २, ठगी मुद्धामा ३ र मानव बेचविखनमा १ मुद्धा जिल्ला प्रहरीका कार्यालय कैलालीमा दर्ता भएका छन् ।
प्रहरीलाई जोखीम
महामारीको समयमा प्रहरीलाई जोखीम बढ्दै गएको र प्रहरीहरुमा पनि संक्रमण बढ्दै गएको प्रहरी प्रवक्ता बिष्टले बताए । यस्तो समयमा प्रहरीले थप सक्रियता देखाउनु पर्ने भएको कारणले स्वास्थ्य सुरक्षा सावधानिका उपायहरु अपनाएर काम गरिरहेको उनले बताए ।
‘पक्राउ गरिएका सबैको पिसिआर टेष्ट अनिवार्य गरेका छौ, अनुसन्धानको क्रममा र कारागार पठाउनुभन्दा पहिलेपनि पिसिआर परिक्षण अनिवार्य गरिएको छ ।’ अहिलेसम्म थुनुवामा एक जनालाई पनि नदेखीएको उनले बताए ।
हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना संक्रमण देखीएको र एक जना प्रहरी निको भएर काममा फर्किसकेका छन् । आईतबारमात्रै थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लकडाउन : कैलाली प्रहरीलाई फलिफाप
लकडाउन : कैलाली प्रहरीलाई फलिफाप
"लकडाउनमा नेपाल फर्किएका ५० भन्दाबढी फरार प्रतिवादी पक्राउ "