धनगढी, १४ भदौ/आईतबार धनगढी थप एक प्रहरीमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत भएपनि हाजिर नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले जानकारी दिए ।
उनले केही समय अगाडी उपचारको लागी बिदा लिएर काठ्माडौं गएको र पुनः हाजिर हुन पिसिआर परिक्षण आवश्यक पर्ने भएकोले परिक्षण गराउदा संक्रमण पुष्टि भएको उनले बताए ।
अहिलेसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत चार जना प्रहरीमा संक्रमण देखीएको छ ।
धनगढीमा थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि
धनगढीमा थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि