धनगढी, १४ भदौ/ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको छ । अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आइसियु चार वर्ष पछि सञ्चालनमा ल्याइएको हो ।
आईसियु सञ्चालनमा ल्याइएपछि आइसियुकै कारण रेफर भई अन्यत्र जाने बिारमीलाई भने सहज भएको छ । स्थापनाकालको ५७ वर्षपछि आईसियु सञ्चालन गरेको अस्पतालले अहिले अरु सेवा सुविभा पनि विस्तार गर्दै लगेको छ । तर अस्पतालमा अझै पनि जनशक्ति अभाव हुँदा समस्या भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
“दरबन्दी अनुसार अस्पताललाई २९ जना डाक्टर हुनु पर्ने हो ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “आईसियु सञ्चालन गर्ने भन्ने हाम्रो टिमको प्रतिबद्धता थियो, थोरै जनशक्तिमा पनि आइसियु सञ्चालन गरेका छौ, हुनुपर्ने जनशक्ति अहिले सम्मै अभावै अभाव छ ।”
अस्पतालमा अहिले दरबन्दी अनुसार २९ जना डाक्टर मध्ये २३ ओटा डाक्टर रहेको उनले बताए । यस्तै चिकित्सको आवासका लागि पनि अस्पताल परिसरमै अत्याधुनि भवन सँगै थप एक भवन अत्याधुनिक अस्पतालको लागि पनि निर्माणको प्रक्रिया अघि वढाइएको छ । २०७२ सालमा नेपाल सरकारले महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियु हस्तान्तरण गरेको आइसियु सञ्चालनमा नआउँदा दिनहुँ जसो बिरामी रिफर भएर अन्यत्र जाने गदर्थे ।