धनगढी, १३ भदौ
साविक हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर स्थापना गरेको ठाउँको ब्यबस्थापन कञ्चनपुर प्रशासनले गर्ने भएपछि धनगढी उप–महानगरपालिकाले मोहना नदि बारी हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर स्थापना गरेको छ ।
धनगढी उप–महानगरपालिकाले निर्माणको काम सुरु गरिसकेको छ । यस अघि मोहना नदि पारि सिमानामै धनगढी उप–महानगरपालिकाले भारतबाट फर्किनेहरुको चेकजाँचका लागि हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर स्थापना गरेर काम गरेको थियो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भारतबाट भित्रिनेहरुले दुःख पाउने देखेपछि हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर बनाउन थालेको बताए । विश्वमा कोरोनाको महामारी शुरु भएदेखि नै त्रिनगरनाका बाट आएका लाखौ नेपालीको उद्धार तथा गन्तब्य सम्म पु्¥याउँने काम गदै आएको धनगढी उपमहानगरपालिकाले भन्सार कार्यालय नजिकै सुविधा सम्पन होल्डीङ सेन्टर तथा हेल्पडेस्क बनाउँन लागेको नगर प्रमुख वडले बताए । उनले भारत बाट आउँने नेपाली लाई होल्डीङ सेन्टरमा सवै खाले सुविधा रहने जानकारी दिए ।
कैलाली प्रशासन र धनगढी उप–महानगरपालिकाले अहिले सम्म देशभरीका गरेर झण्डै ४ लाखको ब्यबस्थापन गरेको नगरप्रमुख वडले बताए । कञ्चनपुर प्रशासनले ब्यबस्थापन गर्ने भनेपनि नेपाल भित्रिने नगरका बासिन्दा लगायतकाहरु समस्यामा नहुन भनेर हेल्थ डेस्क र होल्डिङ्ग सेन्टर तयार गर्दैछौं ।
बर्षौदेखी भारतको गौरिफन्टा र कैलालीको त्रिनगर नाका क्षेत्रमा कैलालीको शुरक्षाकर्मी खटिएपनि ४ दिनअघी कञ्चनपुरले आफ्नो क्षेत्र भन्दै कञ्चनपुरका शुरक्षाकर्मी खटाएको थियो । जसका कारण नागरिक लाई समस्या हुने भन्दै कैलाली आउँने नागरिक लाई सहजता प्रदान गर्ने कैलालीको सिमानामा होल्डीङ सेन्टर बनाउँने काम शुरु भएको हो ।
होल्डीङ सेन्टर बाट धनगढी उपमहानगरपालिकाका नागरिक लाई क्षेत्रिय रंगशालामा निर्माण गरिएको क्वारेन्टिन र उर्मामा बनाएका आईसोलेसनमा नागरिकलाई राखिने धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन गर्न आफ्नै स्वाव संकलन केन्द्र निर्माण गर्न थालेको धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायणप्रसाद बरालले बताए ।