धनगढी, १३ भदौ/ डोटीमा भदौ १४ गते आइतबार राती १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ।
जिल्लाभित्र कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भोली आदेश जारी हुने बताए। निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला उनले बताए ।
