बझाङ, १२ भदौ/ नेपाल तरूणदल बझाङ द्धारा दोषिलाई कानुनी कार्वाही को माग गरेको छ । आज जिल्ला कार्यसमिति को असामयिक बसेको बैठकले श्रावण १७ गतेका दिन थलारा गाउँपालिका वडानं २ दंगाजीमा नेपाली काँग्रेसको संगठन बिस्तार र कोभिड १९ लाई रोकथाम गर्ने शिलशिलामा नेपाली काँग्रेसका पुर्व सभापति तथा नेपाली काँग्रेसका नेता सत्यराज भण्डारी लाई सत्तारूढ दल नेपाल कमनिष्ट पाटि नेकपाका कार्यकर्ताले धम्कीपूर्ण भाषा बोली अभद्र ब्यावहार गरेको कुरा सामाजिक संञ्जाल मार्फत सुन्नमा आएकाले नेपाल तरूण दल जिल्ला कार्यसमितिले घोरभत्सर्ना गरेको छ ।
अहिले बिश्व नै कोरोना भाईरस कोभिड १९ को महामारीमा परेको बेला स्थानिय जनतालाई जनचेतनामूलक सन्देश साथ कोभिड १९ रोकथाम गर्न संरचनात्मक भुमिका निर्वाह गरि रहेको बेला नेकपाका कार्यकर्ता ले सत्ताकै आडमा असभ्य र अराजकता गर्नु लोकतन्त्र माथिको ठुलो धक्का रहेको तरूणदल जिल्ला कार्यसमितिका अध्यक्ष बिष्णु ऐडिले बताए ।
उनले भने हामी दुखमा परेका जनताको घाउमा मलम लगाई रहेका हुन्छौ र स्थानीयका सुखदुःखका भावनालाई बुझेर सबैको ध्यानाकर्षण गराउँछौ तर जे नेकपाका कार्यकर्ताले गर्दै आएको अराजकता रहिरहन्छ भने अब तरूणदल एक्सन लियर कडाईका साथ लागि पर्ने अध्यक्ष ऐडिले बताए ।
देशमा दुईतिहाइ बहुमतको सरकार छ । तर यो सरकारले जनताका मनोभाव बिपरित आफ्ना आफ्ना कार्यकर्ता मुखि बन्दै गएकाले जनताले दिएको मतको कदर गर्नुको साटो ब्यक्तिमुखी साउनको भेल जसरी उर्लिएको तरूदल बझाङ का सचिव कलक थापाले बताए ।उनले भने शक्तिको आडमा कसैले पनि दम्म देखाउनु हुन्न बरू स्थानीय को सेवा तिर पो लाग्नु उचित रहेको बताए । राजनीतिक एक शुद्धसमाज सेवा हो यसलाई अहिले दुरुपयोग हुँदै गैरहेको छ ।
