काठमाडौं, ११ भदौ/ कोरोना भाइरस -कोभिड–१९_ को संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ ।