धनगढी, ११ भदौं
होपव्रिज संस्थाले कैलालीको धनगढी उप–महानगरपालिका क्षेत्रमा क्वारिन्टीन र होल्डीङ्गमा रहेका कोरोना संक्रमितका लागि निरन्तर खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराई रहेको छ ।
संक्रमित व्यक्तिहरुलाई खाद्यान्न अभाव हुन नदिन र सरसफाइमा सहयोग पुर्याउन धनगढी उपमहानगरपालिकामार्फत खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिका १ मा स्थापना गरिएको सेन्टर र वडा नं २ नवदुर्गा माविमा स्थापना गरिएको होल्डीङ्ग सेन्टरका लागि मसिनो चामल , दाल, मटर , चना , तेल , नुन र अन्डा हस्तान्तरण गरेको छ ।
संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई सामाग्री हस्तान्तरण गरेका हुन ।