धनगढी, ९ भदौ/ कैलालीको बर्दगोरीयामा मृत्यु भएका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भदौ १ गते गाउँपालिकाको वडा नं। ५ का ४९ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।
‘उहाँको झाडापखालाका कारण मृत्यु भएको थियो’ उनले भने ‘मृत्यु परि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।’
झाडापखालाले मृत्यु भएको ९ दिन पछि कोरोना पुष्टि
झाडापखालाले मृत्यु भएको ९ दिन पछि कोरोना पुष्टि