काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका आठ सय ५छ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आठ सय ५५ संक्रमित फेला परेका जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा आठ सय ५५ संक्रमित थपिएका जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ ।
उनले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट तीन सय १३ जना डिस्चार्ज भएका पनि बताए । प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म देशभर १९ हजार एक सय १९ जना डिस्चार्ज भएका छन् ।
