काठमाडौँ, ८ भदौ/साझा पार्टीका केन्द्रीय सदस्य एंव जेष्ठ नागरिक संगठन प्रमुख नारायण कोइरालाले सामाजिक सन्जाल फ़ेसबुक मार्फत पार्टी परित्याग गरेको जानकारी गराएका छन्। उनका अनुसार आजै पार्टी महिला संगठन प्रमुख सोभिता परियारले समेत राजिनामा दिएकी छन्।
कोईरालाले पार्टीको प्रणाली र पद्धति साच्चिकै सुसंस्कृतपथ उन्मुख नभएको र असहमतिको लागि पार्टी भित्र कुनै पनि स्थान नदेखेपछि आफूले राजिनामा दिएको बताए। वैकल्पिक राजनीतिक पार्टीका रुपमा उदाउने प्रयास गर्दागर्दै यतिखेर साझा पार्टी अस्तित्व गुम्ने संघारमा पुगेको छ।
पार्टीले परिवर्तनकारी बाटो नअपनाएको र सहर केन्द्रित राजनितीमा मात्रै रमाएको भन्दै झण्डै एक महिना अघिमात्र संस्थापक नेताद्वय प्रवक्ता सूर्यराज आचार्य र स्कुल विभाग प्रमूख मुमाराम खनालले पार्टी परित्याग गरेका थिए।
