सिडिएससी विरुद्व पुँजीबजार लगानीकर्ता संघले बुझायो अर्थ मन्त्रालयलाई ज्ञापन पत्र
काठमाण्डौ- सिडिएससीले साउन २ गते प्रत्येक ब्रोकर कार्यालयमा अकस्मात छापामार शैलीमा पत्र पठाउँदै लगानीकर्तालाई आतंकित बनाउन खोजेको भन्दै उक्त कार्य रोक्न संघ मन्त्रालयमा पुगेको बताइएको छ ।
संघकी अध्यक्ष राधा पोखरेलद्वारा जारी विज्ञप्तिमा ‘सिडिएससीले पठाएको पत्रमा टेकेर ब्रोकरहरु सबै एक जुट भएर सेयर बिक्रेताले खरिद गरेको बिल साथै लिएर ब्रोकर कार्यालयमा पुगेर सही छाप गरेपछी मात्र बेचेको सेयर राफसाफ गरिने छ । लाभकर पनि सोही बमोजिम गणना हुने छ, भन्ने परिपत्रबाट हाम्रो संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
आज NPL संघ अर्थ मंन्त्रालयमा भारीत औषत दर सम्बन्धि ज्ञापन पत्र बुझाउदै…
अनलाइनको समयमा पनि सिडिएससीले छापामार शैलीमा ब्रोकरलाई पठाएको पत्रले लगानीकर्तालाई असहज भएको संघको बुझाई रहेको पुँजीबजार लगानीकर्ता संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष कुमार थापाले जानकारी दिए ।
संघले अर्थ मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा ‘सिडिएससी कै सिस्टममा ‘मेरो सेयर’ मार्फत जसरी प्राथमिक सेयर भर्ने र ईडिआईएस मार्फत डिआईएस प्रेशित गर्न मिल्ने सिस्टम अपग्रेड गरिएको छ, त्यसरी नै ‘भारित औषत’ लागत पनि छुट्याउने ब्यवस्था होस भनि यसै ज्ञापन(पत्र मार्फत हार्दिक अनुरोध गर्दछौ ।’
आज NPL संघ अर्थ मंन्त्रालयमा भारीत औषत दर सम्बन्धि ज्ञापन पत्र