धनगढी, ८ भदौ/ रुख काटेर तस्करी गर्ने नियत बाट सडक निर्माण गरिएको छ । आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडक सालको काठ तस्कर गर्न निर्माण गरिएको सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समिति अन्तर्गतको संसदीय समितिले ठहर गरेको छ ।
डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको बिषयमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आईतबार स्थलगत अध्ययन गरेको थियो ।
स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको समितीको ठहर छ । रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ ।
प्रदेश सभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आएको पाँच सदस्यीय संसदीय समितिले वातावरणीय प्रभाव मुल्याकन नगरि निर्माण गरिएको डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाट निर्माण गरिएको प्रदेश सभा सदस्य दिर्घराज सोडारीले बताए । सोमबार डडेल्धुरा सदरमुकाममा अयोजना गरिएको सम्मेलनमा उनले अन्धाधुन्ध सालका हरिया रुखहरु काटिएको बताए ।
“सडक निर्माणका नाममा सालका रुखहरु काटेर गोलिया बनाएर धनगढी तिर तस्करी भईसकेको रहेछ । उनले भने, धनगढी तस्करी हुन नसकेको काठ मात्रै डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले बरामद गरेको पाइएको छ ।,”
उनले स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन तयार गरेर दोषी र निर्माण कम्पनी लाई कारवाहीको दायरामा ल्याईने बताए ।
डोला चक्रपथ सडक निर्माणका लागि गाँउसभा बाट निर्णय नै नभएको नपाइएको छ । अवैध रुपमा वन फडानी गर्ने कुत्सित मनषायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए ।
कामदारहरु लाई भन्दा पनि निर्माण कम्पनीलाई कारवाही उनले गरिने बताए । संसदीय समितिमा सोडारी र जोशीसँगै साँसदहरु पुर्णा जोशी, अक्कलबहादुर रावल र प्रेमप्रकाश जोशी छन् ।
आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन ।
आलिताल गाँउपालिकाको समपूरक कोष अन्र्तगत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले बताए ।
सडक निर्माणका क्रममा काटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको छ । बाँकी लुकाएर राखिएको काठको खोजी भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्का मार्फत उग्रतारा कन्सट्रक्सन सँग सम्झौता गरेर काम गरेको आलिताल गाँउपालिकाले जनाएको छ । पहिलानै ट्रयाक खोलिएको सडक भएको र समयावधी निकै कम भएकाले वातावरणीय प्रभाव मुल्यांकन नगरेरै निर्माण शुरु गरिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
प्रदेश र संघीय सरकार बाट निर्माण गरिएका सडक योजनाहरुमा समेत वातावरणीय प्रभाव मुल्यांकन नगरिएको जिकिर उनले गरे ।
बिभिन्न स्थानमा संघ, प्रदेश र स्थानीय तह बाट निर्माण भइरहेका अधिकांस सडक योजनाहरु वातावरणीय प्रभाव मुल्यांकन नगरिकनै निर्माण भईरहेका छन् । अधिकांस सडक निर्माणका क्रममा रुख काटिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।
यस्तो समस्या देशभरी देखिएको उनले उनको भनाई छ । प्रदेश सरकारले वन ऐन ल्याउन नसकेकाले कानूनी जटिलता कायम रहेको जनाउदै उनले सडक निर्माणका क्रममा रुख काट्ने ठेकेदार कम्पनीलाई थप अनुसन्धान गरेर मुद्दा लगाईने बताए ।