धनगढी ८ भाद्र- हुलाकी सडकको फुलबारी खण्डमा खाल्डा(खुल्डी पुर्नेकाम सुरु गरेको छ । कैलाली जिल्लामा स्थानिय प्रशासनले लागु गरेको निशेधाज्ञा कार्यन्वयन गराउन अन्य प्रहरी सक्रिय रहेका बेला ट्राफिक प्रहरी भने हुलाकी सडकका खाल्डाखुल्डीमा ग्राबिल हालेर पुर्न थालेको छ ।
धनगढी उप–महानगरपालिका क्षेत्रमा पर्ने हुलाकी सडकमा दर्जनौ स्थानमा खाल्डाखुल्डीका कारण सडक दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले खाल्डाखुल्डी पर्न थालेको हो ।
स्थानिय सहयोगी दाताहरुसंगको समन्वयमामा सडक दुर्घटना न्युनीकरण गर्न खाल्डाखुल्डी पुर्न थालेको अस्थायी ट्राफिक प्रहरी पोष्टफूलवारीका प्रमुख ईश्वर बहादुर सिंहले जानकारी दिए । हुलाकी सडकका दर्जनौ स्थानमा खाल्डाखुल्डीमा ग्राबिल हालेर पुरेपछि केहीमात्रामा भए पनि दुर्घटना कमहुने सिंहको बिश्वास छ ।