• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जयपृथ्वी १४३ औं जन्मजन्ती

धनगढी ७ भदौ-बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४३ औं जन्म जयन्ती हो । उनको जन्म जयन्तीको अवसरमा ह्युमानिटी एण्ड जयपृथ्वी फाउन्डेसनले जुम एप मार्फत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
आइतबार दिउँसो १२ बजेदेखी जुम छलफल कार्यक्रम सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष मिन बहादुर सिंहले जानकारी दिए । उनले यस बर्ष कोरोना महामारीको कारण औपचारीक कार्यक्रम आयोजना गर्न नसकिएको बताए ।

गत बर्ष फाउन्डेसले औपचारीक कार्यक्रमहरु आयोजना गरी जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आहस्ताक्षर संकलन अभियानसमेत सञ्चालन गरिएको उनले बताए । उक्त दिवसका अवसरमा आज उनले स्थापना गरेको सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरले पनि विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि सरकारले उनका योगदानको कदर गर्न नसकेको बझाङी समाज कैलालीका महासचिव दिर्घ जोशीले गुनासो गरे । ‘नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्र उनले गरेको योगदानका कारण यहाँसम्म आइपुगेको हो,’ उनले भने–‘जयपृथ्वीलाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्ने माग राख्दै आएका छौ, सरकारले अहिलेसम्म सुनवाई गर्न सकेको छैन् ।’

१९३४ साल भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वीले नेपालमा सामाजिक सुधारका थुप्रै काम गरेका थिए । मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन । उनले देशमा जहानियाँ राणा शासनको जगजगी भएका बेला पनि सबै मानव बराबर हुन् भन्ने कुराको वकालत गरेका थिए । १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए ।
उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ ।

उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोटसँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवरको बाटो पनि उनले नै निर्माण गर्न लगाएका हुन । यसका अलवा उनले बझाङमा हुलाक, कारागारजस्ता कार्यालय पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन ।

१९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले १९६४ मा नेपालको भारदारी अड्डाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तमले उनलाई मानार्थ ‘कर्णेल’ को उपाधिले सम्मान गरेका थिए । १९७२ मा सुरु भएको विश्वयुद्धमा भएको मानव विनाशबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए ।

त्यस बेला उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रेट, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्वीटजरल्यान्ड, इटली अविसिनिया, बर्मा लगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शनको प्रचारप्रसार गरेका थिए । भम्रणकै क्रममा बर्मामा जे.पी. इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए । सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको विश्व आस्था मन्त्री सम्मेलनमा विभिन्न विषयमा सातवटा प्रवचन दिएका उनको चर्चा त्यसताका विश्वसामु चुलिएको थियो ।

आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.