• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुलुकभर रगत अभाव, बिरामी मारमा

काठमाडौं, ७ भदौ/ बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।

देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो ।
रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । ब्लड बैंक, अस्पताल र केन्द्रीय रक्त सञ्चार सेवामा रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्न थालिएको छ ।

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल शून्य प्रायः छ । देशभर रक्तदानका लागि क्याम्पहरू समेत सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनअघि केन्द्र मातहत मात्रै दैनिक चारदेखि सात वटासम्म क्याम्प हुने गरेको थियो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको पाइएको छ । दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीका आफन्तहरू केन्द्रीय रक्तसञ्चार केन्द्रमा आए पनि रगत पाउन नसकेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रीय रक्तसञ्चार सेवामा गत बिहीबार ३२ जना रक्तदाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत संकलन भएको थियो । तर, थप ६१ जना रगत नै नपाई फर्किनुपरेको थियो । यस्तै, शुक्रबार २६ जना रगत नपाएर फर्किएका थिए । केही दिनयता धरान, विराटनगर, चितवनलगायतमा रगतको अभाव खड्किएको छ ।

केन्द्रीय रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापाले रक्तदान गर्न रक्तदाताहरूलाई आग्रह गरे । उनले भने, ‘यदि ६र७ जना रक्तदानका लागि जम्मा हुन सक्ने अवस्था छ भने केन्द्रीय रक्त सञ्चार सेवाले इच्छुकलाई लिन जाने र घर फिर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । उपत्यकाभित्र पायक पर्ने स्थानमा पुग्न तयार छौं । पूर्ण सुरक्षाको ग्यारेन्टी हामी गर्छांै ।’

सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसघि नै स्पष्ट पारिसकेको छ । चिकित्सकका अनुसार स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् ।

रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ । मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह, यौनरोग तथा एचआइभी र एड्स नलागेको व्यक्तिले रक्तदान गर्न सक्छन् । गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन ।

आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.