• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

होम आइसोलेसनमा थिए, एम्बुलेन्स बोलाउँदा बोलाउँदै बिते

विराटनगर, ५ भदौ/ मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको बुधबार पुष्टि भयो ।

एक त मधुमेहका रोगी, त्यसमाथि हालै मात्र ११ दिन आईसीयूमा बसेर फर्किएको एक महिना पनि भएको थिएन । त्यसैले परिवारका सदस्यहरुले उनलाई कोरोना अस्पतालमा लैजान चाहे । अस्पतालमा बेड नभएको जवाफ पाए ।

वडाध्यक्ष विजय कामतले पनि उनलाई घरमै बस्न सुझाव दिए । तर उनी होम आइसोलसनमा राख्न मिल्ने संक्रमित हुन् कि अस्पतालमा भर्ना गर्नुपर्ने हो भन्ने सोधीखोजी भएन ।

बिहीबार राति एक्कासी स्वास्थ्यमा समस्या आयो । आफन्तले एम्बुलेन्स बोलाए, तर आइनपुग्दै उनको मृत्यु भयो ।

परिवारका सदस्यहरुका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार कोशी अस्पताल लगिएको थियो । समुदायमा संक्रमण फैलिसकेको बेला कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब लिइयो तर घर पठाएको थियो ।

बुधबार रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि अस्पताल लैजान कसैले चासो नदिएको उनका छोरीले बताइन् । ‘हिजो राति गाह्रो भएपछि एम्बुलेन्स बोलायौं तर, एम्बुलेन्स नआउँदै बित्नुभयो, एम्बुलेन्स रित्तै फर्कियो’ उनले भनिन् ।

३२५ जना होम आइसोलेसनमा

शुक्रबार साँझसम्म विराटनगर महानगरपालिकामा मात्र कोरोनाबाट संक्रमित हुनेको संख्या ७६२ पुगिसकेको छ । उनीहरुमध्ये ३२५ जना होम आइसोलेसनमा छन् ।

तर उनीहरुले नियमित अनुगमन गर्ने संयन्त्र छैन । होम आइसोसलनमा बस्ने कुनै बिरामीको अवस्था बिग्रिए कहाँ सम्पर्क गर्ने रु कुन निकायले तत्काल अस्पताल पुर्‍याउने थाहा छैन । एक चिकित्सक भन्छन्, ‘सुरुमा हामी प्रिभेन्टिभ पार्ट ९समुदायमा संक्रमण पुग्न नदिन गर्नुपर्ने कामहरु० मा चुक्यौं । अब क्युरेटिभ केयरमा चुक्दैछौं । सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु त्यसको प्रमाण हो ।’

महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार होम आइसोलेसनमा बस्नेहरुको निगरानी गर्ने दिलिप यादवको नेतृत्वमा टोली बनाइएको छ । तर यो समितिले संक्रमितको परिवारलाई एक पटक पनि सम्पर्क नगरेको पाइएको छ ।

सम्पर्क गरिहालेको अवस्थामा पनि अस्पतालसम्म पुर्‍याउने गतिलो संयन्त्र बनेको छैन । अहिलेसम्म प्रदेश १ भरमा कोभिडका बिरामीका लागि लेभल –१ को हब अस्पताल छैन ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ आईसीयू र १० भेल्टिलेटरसहितको वेड छ । एक त त्यहाँ चाहिएको बेला आईसीयू बेड पाउन गाह्रो छ भने कतिपयको बिराटनगरबाट धरान लैजाने क्रममा बाटैमै मृत्यु हुने गरेको छ ।

बिहीबार बल्ल आएर प्रदेश सरकारले कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड र पाँच वटा भेण्टिलेटर जडान गरेको बताएको छ ।

तर त्यसका लागि चाहिने दक्ष जनशक्तिको अभाव छ । विराटनगरका एक चिकित्सक भन्छन्, ‘आईसीयूका लागि मात्र कम्तीमा १८ देखि २४ जनाको टिम हुनुपर्छ । त्यो अहिलेसम्म तयार भएको छैन । अहिले भएकै जनशक्तिले धान्न सक्दैन ।’

क्युरेटिभ केयरमा ध्यान नदिने हो भने संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले समेत यस्तै हो भनेर छाड्ने अवस्था आउने सक्ने उनी बताउँछन् ।

 

आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.