• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भन्सारमा खटिने सशस्त्र प्रहरीले छ महिनासम्म पनि गर्न पाएनन् पिसिआर परिक्षण

धनगढी, ६ भदौ/ शनिबार त्रिनगर सिमा नाकामा एक सशस्त्र प्रहरीका जवान आफ्नो डिउट्ी गरिहेका थिए । उनि भारतबाट आएका नेपालीहरुलाई गन्तव्यतिर पठाउन व्यवस्थापन व्यस्त देखीन्थे । हामीले ति सशस्त्र प्रहरी जवान नजिकै गएर ‘सर तपाईले अहिलेसम्म पिसिआर परिक्षण गराउनु भएको छ की छैन् ?’ भनेर प्रश्न गर्दा सुरुमा त उनले अस्ती भरखरमात्रै गरेको भन्ने जवाफ फर्काए ! हामीले उनलाई प्रश्न साध्दै गएपछि उनले एकचोटी आरडीटी परिक्षण मात्रै भएको सुनाए ।
भन्सार गेट नजिकै भारत आउने र जानेहरुको तथ्याङक संकलन गरिहेका एक प्रहरी अधिकृतलाई पनि हामीले त्यही प्रश्न गर्यौ । उनले नाम उल्लेख नगर्ने शर्तमा भने–‘हामीलाई मिडियामा बोल्ने अधिकार त हुदैन्, तैपनि ठुलो जोखीममा काम गरिहेका छौ हामीहरुको पनि परिक्षण हुनुपर्ने हो तर अहिलेसम्म केही भएको छैन् ।’ उनले गुनासो पोख्दै भने–‘पहुचँ भएकाहरु पिसिआर चेक गराउछन् होला ? हामीले त अहिलेसम्म एकचोटी पनि पिसिआर चेक गर्न पाएका छैनौ ।’
कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि भारत सरकारले लकडाउन गर्यो । लकडाउनका कारण भारतबाट नेपालीहरु धमाधम नेपाल फर्किन थाले ।
भारतले लकडाउन गरेको केही दिनपछि नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन जारी गर्यो र सिमा नाकाहरुमा पुर्ण रुपमा आवतजावत बन्द गरेको थियो । लकडाउन अवधिमै भारतबाट फर्किनेहरुको लर्को लाग्न थाल्यो उनिहरुको व्यवस्थापनको लागी सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएको थियो ।
नाकामा खटिएको छ महिनासम्म पनि सुरक्षाकर्मीहरुले एकचोटी पनि पिसिआर परिक्षण गर्न पाएका छैनन् ।
हालसम्म कोरोना संक्रमण देखीएका मध्ये ९५ प्रतिशत भारतबाट आएका नागरिकहरु रहेका छन् । सरकारले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सुरक्षाप्रति वेवास्ता गरिरहेको छ ।
पछिल्लो समय सरकारले सुदूरपश्चिमका दुई नाका कैलालीको गौरिफण्डा र कञ्चनपुरको गड्डाचौकीबाट बाट मात्रै नेपालीहरु भित्रिन पाउने भनेको छ । कैलालीको गौरिफण्डा नाकाबाट अधिकाशं नागरिकहरु आउने गरेका छन् । सुदूरपश्चिमका नौं ओटै जिल्ला, प्रदेश ५ र कर्णाली प्रदेशका नागरिकहरु यही नाका हुदै आईरहेका छन् ।
यसरी सिमाक्षेत्रको ‘फ्रन्टलाईन’मा रहेर काम गर्ने सिमाका सुरक्षकर्मीहरुले ६ महिनामा एकचोटी समेत पिसिआर परिक्षण गराउन नपाउनु दुखद बिषय बनेको छ ।
सिमा सुरक्षा बल त्रिनगर भन्सारका सशस्त्र प्रहरीका डिएसपी भोला प्रसाद कुसुवाले आफुहरु ठुलो जोखीम मोलेर काम गरिरहेको सुनाए । उनले भने–‘एउटा मास्कको भरमा काम गरिहेका छौ, फ्रन्टलाईनमा खटिने सशस्त्र प्रहरीलाई ठुलो जोखीम छ ।’ उनले अहिलेसम्म कुनै प्रहरीमा पनि त्यस्तो किसिमको लक्षण नदेखीएको बताए । कुसुवाले भने–‘एकचोटी तीन÷चार महिना अघि आरडिटी परिक्षण भएको थियो सबैको नेगेटिभ आयो, त्यसपछि अहिलेसम्म कुनै परिक्षण भएको छैन्, भगवानको कृपाले अहिलेसम्म कसैलाई केही भएको छैन ।’
त्रिनगर भन्सारमा मात्रै झण्डै ९५ जना सशस्त्र प्रहरी सिमा सुरक्षामा खटिदै आएका छन् । उनिहरु मध्ये कसैले पनि पिसिआर परिक्षण गर्न पाएका छैनन् । अहिले सुदूरपश्चिममा चार ओटा पिसिआर मेसिन सञ्चालनमा छन् । दैनिक दुई हजार हराहारी संख्यामा पिसिआर परिक्षण भईरहेको छ ।
यता सशस्त्र प्रहरी कैलालीका प्रमुख एसपी दिपेन्द्र कुवँरले आफु नयाँ भएकोले परिक्षण भए नभएको बारे खासै जानकारी नभएको प्रतिक्रिया दिए । उनले पिसिआर परिक्षणको लागी आफुहरुलाई कुनै लक्षण नदेखीएकोले कुनै पहल नचालेको बताए ।

शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.