धनगढी, ६ भदौ/सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ गते अर्थात भोली सार्वजनिक बिदा दिएको छ। थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोली एक दिन सार्वजनिक विदा दिइएको हो ।
२०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक भईसकेको बताउँदै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिइएको बताए।
अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ।
