कैलाली, ६ भदौ/ धनगढी उप–महानगरपालिकामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण स्थानियमा बढ्दै गएको छ । हालसम्म धनगढीका २० जना स्थानियमा संक्रमण देखीएको छ ।
संक्रमण देखीनेमा ५ प्रहरी, ३ स्वास्थ्यकर्मी, २ शिक्षक, १ बैकंका कर्मचारी र अन्य ९ जना व्यापारी ड्राइभर र स्थानिय रहेका छन् । शनिबार थप दुई स्थानियमा कोरोना संक्रमण देखीएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक विद्यालयका सञ्चालक र अर्को छुट्टै विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिकामा कोरोना देखीएको छ ।
विद्यालयका सञ्चालक धनगढी–१ का ५१ बर्षीय पुरुष हुन् भने विद्यालयकी शिक्षिका धनगढी–५ की ३५ बर्षीया महिला हुन् । दुवै जना आईसोलेशनमा बसेको उप–महानगरपालिका जनस्वास्थ्य प्रमुख लक्ष्मीराज उपाध्यायले बताए । यो संगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ७६ पुगेको छ ।
यस्तै शुक्रबार धनगढीका तीन स्थानियमा संक्रमण देखीएको थियो । संक्रमित मध्ये एक जना सेती प्रादेशीक अस्पतालमा कार्यरत महिला कर्मचारी, अर्का एकजना संक्रमित धनगढी–४ का २४ बर्षीया स्थानिय व्यपारी रहेको र तेस्रो संक्रमीत धनगढी–३ का स्थानिय रहेका थिए ।
