धनगढी, ५ भाद्र- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा नयाँ सुबिधा सम्पन्न जंगल प्लाजा रिसोर्ट संचालनमा आएको छ ।
युवा व्यबसायी करण चाधरीले दुई करोड लगानीमा लज सहित होटल संचालनमा ल्याएका हुन् । शहरको भिडिभाड कोलाहल भन्दा शान्त बतावरण जंगल किनारमा बनाएको रिसोर्टमा १० वटा एसी सहितको सुबिधा सम्पन्न कोठा, तालिम हल, पारिवारीक र क्याविन छुट्टाछुट्टै रेस्टुरेन्ट प्रशस्त पार्कीङ्ग सुबिधा रहेको छ ।
दुई वडा बिशिष्ठ डिलक्स कोठा सहित रिसोर्टमा रहेक दिन बिभिन्न स्थानिय परिकार स्वाद लिन समेत पाउने रिसोर्टका संचालक करण चौधरीले बताए ।
‘अहिले भिडभाड नरुचाउने ग्राहक भएकाले एकान्त शान्त क्षेत्रमा होटल संचालन बनाएको हो’ संचालक चौधरीले भने–‘हामी बिभिन्न तालिम सेमिनार र गोष्ठी संचालन गर्न सक्ने जनशक्ती सहित हल समेत रहेको छ ।’ हामी सय देखी दुई सयलाई एकै पटक सेवा दिन सक्ने छौ संचालक चौधरीले भने । शान्त बातावणमा ग्रहाकलाई सेवा दिनुनै हाम्रो रिसोर्टको मुल लक्ष्य भएको संचालकले बताएको छ ।
