धनगढी, ५ भाद्र- नेकपा ऐमाले रु माओवादी केन्द्र एकता भएको तिन बर्ष भयो, एकता भएपछि निर्वाचनमा पनि आए र बिजय भएर नेकपाको दुई तिहाईको सरकार पनि छ । अहिले आएर ओली र प्रचण्ड बिच पार्टीका बिषयमा दुरी समेत देखिदै आएका छन् । सोही अनुसार बाजुरामा पनि पुर्व माओवादी केन्द्रले छुट्टै भेला आयोजना गरेको छ । बाजुरा निर्वाचन क्षेत्र ‘क’ मा पुर्व माओवादी केन्द्रका नेताहरुले नेता तथा कार्यक्रताहरुको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न समेत गरे । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका विषयमा छलफल गरी कार्यक्रम सम्पन्न भएको बताईएको छ ।
के के भयो भेलामा ?
स्वास्थ्य सुरक्षाका समाग्रि अनिवार्य प्रयोग र सामाजिक दुरी कायम गरी सञ्चालन गरीएको कार्यक्रममा वाढि पहिरोमा परी ज्यान गुमाएका झिमा ल्वार प्रति कार्यक्रममा हार्दिक श्रद्धासुमन प्रकट गरेको जनाईएको छ ।
मंगलबार रातिको अविरल वर्षा संगै आएको वाढि पहिरोमा परी ज्यान गुमाएकी ल्वारको सम्झनामा हार्दिक श्रद्धान्जली प्रकट गर्दै उनको शोकाकुल परीवार जनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै हार्दिक समवेदना प्रकट गरेको हो ।
भेलाको समिक्षा : पार्टी एकताको विधि र नितिमा चलेन
निर्वाचन क्षेत्र नं ‘क’का चारवटै स्थानिय पालिकाकाबाट उपस्थित नेता तथा कार्यक्रताको भेलाले नेपाल कम्युनिष्ट पार्टी एकताको विधि र नितिमा नचलेको आरोप लगाएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकिकरण भएर वनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभेदपुर्ण ब्यवहार भएको उनिहरुले आरोप लगाएका हुन । पूर्वमाओवादी केन्द्रका नेताहरुको छुट्टै भेलाले पार्टी एकताको मर्म विपरीत स्थानिय तहका नेता तथा जनप्रतिनिधि नचलेका र विधि र नितिमा चल्नुपर्ने सुझाव सल्लाह दिनुका साथै पार्टी एकता कसरी मजवुद बनाउने भन्नेमा केन्द्रित भइ छलफल भएको वैठकमा उपस्थित एक नेताले जानकारी दिए ।
अधिकासं स्थानिय तहका जनप्रतिनिधि बाट पूर्वमाओवादि केन्द्रका कार्यक्रता माथि गरीएकोे विभेदपुर्ण ब्यवहारको अन्त्य हुनुपर्ने र पार्टी विभेदकारी ढगंले चल्न खोजेको खण्डमा त्यसको परीणाम राम्रो नहुने पूर्व माओवादीका नेताले बताएका छन ।आज सम्पन्न कार्यक्रमले चारवटै स्थानिय पालिकाकामा कोभिड १९को नाममा भएको खर्च र विभिन्न विकाश निर्माणमा भएको अनियमितताको छानविन गरी दोशि माथि कडा कारवाही लागि सम्वन्धित सरकारी निकायको ध्यानकर्षण गराउने निणर्य भएको छ ।
कोको थिए भेलामा ?
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी सचिवालय सदश्य तथा बुढीनन्दा नगरपालिकाका ईन्चार्ज भरत विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पुर्व आपुर्ति राज्य मन्त्रि कणर्बहादुर विक प्रमुख अतिथि रहेका थिए । पुर्व माओवादी केन्द्र जिल्ला कमिटी उपाध्यक्ष महेश शाही विशिष्ट अथिति रहेको कार्यक्रममा पुर्वमाओवादी केन्द्र जिल्ला कमिटी कोषाध्यक्ष विनिता विक, जिल्ला कमिटी सचिवालय सदश्य दिपेन्द्र वुढा, अर्थराज वुढा, राजेन्द्र वुढा, जयबहादुर विक, रामकला ल्वार, रंगलाल वोगट्टी, हेमराज शाही र ऐनबहादुर शार्की लगायतका १ सय वढिको सहभागिता रहेको बुढीनन्दा नगर संगठन कमिटीका सचिव हिक्मत वडले जानकारी दिए ।



