• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

निषेधाज्ञा असर : बिरामी कुरुवाले पानी समेत पाएनन्

धनगढी ५ भाद्र- दुई÷तीन दिन अगाडी भारी बर्षा भएकोले होला ! बिहीबार बिहानैदेखी धनगढीमा आकाश खुलेर चर्को घाम लागेको छ । जिल्ला प्रशासन कार्यालयले आजैदेखी लगाएको निषेधाज्ञाले धनगढी बजार सुनसान बनेको छ । बिहानको समयमा तरकारी, खाद्यान्नका पसलहरु खुल्ला भएपनि ९ बजेपछि सबैबन्द अवस्थामा छन् ।

झण्डै ३५ डिग्री सेल्सियसको तातो घाममा सेती प्रादेशीक अस्पतालबाट १ किलोमीटर पैदल हिडेर धनगढी चौराह पुगेका बिर बहादुर जाग्रीले धनगढी बजार पुरै चार्हदा समेत खानेपानि नपाएको दुखेसो पोखे । २५ हजारमा गाडी बुकिङ गरेर बाजुराको गौमुलबाट बिरामी नातिनी र बुहरीलाई लिएर बिहीबार बिहान धनगढी पुगेका जाग्री दिउँसो १ बजेसम्म धनगढी बजारमै रुमलीई रहेका थिए ।

नातिनीलाई उपचार गर्न सेती अस्पताल पुगेका उनलाई अस्पतालले लकडाउन भन्दै फर्काएपछि बिरामी नातिनीलाई बोकेर २ किलोमीटर पैदलमै चटकपुरको माया मेट्रो अस्पताल पुगे । नातिनीलाई आइसियुमा राखेर बिहानको खाना र बेलुकाको बास खोज्न निस्कीएका उनले दुखेसो पोख्दै भने–‘नातिनीलाई त पाचँ हजार तिरेर आईसियुमा राख्यौ, हामी भने भोकै परिने भयो, खाना र कोठा खोज्न धनगढी बजार पुरै घुमीसक्यौ कहि पाइएन् ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार एक सुचना जारी गर्दै बुधबार मध्यराती देखी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पालन गर्दै आजदेखी १० दिनका लागी धनगढी बजार लगाएत कैलाली जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । एकाएक प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट धनगढी आएका थुप्रै नागरिक अलपत्रमा परेका छन् ।

बझाङबाट दुई÷दुई हजार भाडा तिरेर ८ महिने नातिलाई उपचार गराउन धनगढी पुगेका मदन किमाडीको पिडा पनि उस्तै छ । बुधबार बेलुका छोरा बुहारी र नाति सहित बझाङबाट ट्रकमा धनगढी आएका उनिहरुलाई ट्रकले धनगढी नपुग्दै ९ किलोमिटर अगाडी गेटामा छोडीदियो । गेटाबाट ९ किलोमिटर पैदल यात्रा गरेर धनगढीको सिटी अस्पताल पुगेर उपचार गराएर पछि किमाडी परिवार खाना खोज्न धनगढी बजार चहार्दै चौराहा पुगेका थिए ।

खाना कतै नपाएपछि चौराहा पुगेका उनिहरु बझाङ फर्किने गाडी पाईन्छ कि भन्ने आशमा धनगढी चौराहामै बसिरहेका उनले पिडा पोख्दै भने–‘लकडाउन हुन्छ भन्ने जानकारी थिएनन्, नाति सिकिस्त बिरामी भएर उपचार गराउन धनगढी आयौ, यहाँ पुगेर बिपत्तिमा परियो, घर फर्किन गाडी पाउदैन् होला ?’ उनले धनगढी बजारमा खानेपनि समेत पाइएको दुखेको पाखे । ‘एम्बुलेन्सले २०÷२५ हजार भाडा भन्दै छन् तेती पैसा छैन्, कहाँ जाने धनगढीमा कोही आफन्त पनि छैनन्’ किमाडीले भने । यस्तै श्रीमतीलाई सिपी अस्पतालमा उपचार गराई रहेका टिकाराम चौधरीलाई अस्पतालले बिहीबार रगत (ब्लड) खोजेर ल्याउन पठायो । श्रीमतीलाई एक्लै अस्पतालमा छोडेर रगत खोज्न ब्लड बैकं निस्कीएका चौधरीको मोटरसाईकलको चाबी प्रहरीले निषेधाज्ञा भन्दै समातेर राख्यो । प्रहरीलाई आफ्नो समस्या सुनाएर लगातार आग्रह गर्दा समेत मोटरसाईकल नछोडेपछि उनि पैदल हिडेरै ब्लड बैकं निस्कीए ।

जाग्री, कीमाडी र चौधरी उदारणीय पात्र मात्रै हुन, यसरी प्रशासन कार्यालय कैलालीले एकाएक जारी गरेको निषेधाज्ञाले सयौं सर्वसाधारण र बिरामी निम्नवर्गीय नागरिक मार्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले समस्यामा परेका नागरिकलाई प्रशासनले सहयोग गरिरहेको बताए । उनले बिरामीहरुलाई खाना बस्नको लागी अस्पताल नजिकका होटलहरुले बेलुका होटल खोल्न मिल्ने बताए । जोशीले भने–‘हामी संकटको चरणमा छौ, सबैलाई भनेजस्तो र चाहेजस्तो सुविधा उपलब्ध नहुनपनि सक्छ ।’ पहाडबाट आउने बिरामीहरुलाई पासको आधारमा बिहान धनगढीमा प्रवेश दिईरहेका उनले बताए ।

शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.