धनगढी, ५ भदौ/ कैलालीको टिकापुरमा प्रहरीले झण्डै १७ लाख बराबरका भन्सार छली ल्याएका मोबाईलका डिस्प्ले बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले बिहीबार १६ लाख ८९ हजार छ सय बराबरको मोबाईलका डिस्प्ले बरामद गरेको हो ।
भारतको लखिमपुर खिरी घर भएका चाँद अलीले टीकापुर नगरपालिका–१ स्थित आफु बस्ने कोठामा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले जानकारी दिए ।
बरामद गरिएका मोबाईलका डिस्प्ले फोल्डरहरु र अवेध रुपमा चोरी निकासी गर्ने अलीलाई आवश्यक कारबाहीका लागी मुल भन्सार कार्यालय सत्ति कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।
