धनगढी, ४ भदौ
धनगढी उप–महानगरपालिकाको बजार अनुगमन शाखाबाट खटिएको बजार अनुगमन टोलीले ६५ किलो अखाद्य माछा बरामद पछि नष्ट गरेको छ ।
बजार अनुगमन शाखाका प्रमुख देवराज भट्टका अनुसार टोलीले धनगढी उप–महानगरपालिका १ शिवमन्दिर टोलमा रहेको अन्जु माछा पसलबाट २० किलो र वडा नं २ सब्जीमण्डीमा रहेको विश्वनाथ शर्माको पसलबाट ४५ किलो माछा बरामद गरेको हो । कुहिएका माछा बेच्नेलाई पहिलोपटक चेतावनी दिएर छोडेको भट्टले बताए । अनुगमनमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्टको पनि सहभागिता थियो ।

