धनगढी, ४ भदौ/ सुदूरपश्चिममा बिहिबार एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको हो।
कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनालाई पनि कोरोना देखिएको छ।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ।
उनले डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण भएको जानकारी दिए।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका १८ जना नै डोटीका हुन्। दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एकरएक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको उनले बताए। इन्चार्ज श्रेष्ठका अनुसार केआईसिंह गाउँपालिकाका एक महिलामा समेत संक्रमण पुष्टि भएको छ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १५ पुगेको छ।