धनगढी, ४ भदौ/ कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको अस्थायी प्रहरी पोष्ट वाणीमा कार्यरत प्रहरीको कुटपिटबाट एक किशोरको कानको जाली फुटेको छ। प्रहरी जवान शिवराज भट्टको कुटपिटबाट १५ वर्षीय सुनिल चौधरीको कानको जाली फुटेको हो।
अहिले उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। चौधरी र उनीकी आमा अनिता चौधरी माछा मार्दै गरेको अवस्थामा प्रहरी जवान भट्टले एक्कासी कुटपिट गरेका थिए।