धनगढी, ४ भदौ/ एक सातादेखि अवरुद्ध रहेको बझाङको सदरमुकाम चैनपुरजोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पहिरोले विभिन्न स्थानमा सडक बगाएपछि राजमार्ग अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय बैतडीले पहिरो हटाएर सडक मर्मत गरेपछि राजमार्गमा यातायात सुचारु भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । उनका अनुसार तत्काल पूर्ण रुपमा मर्मत गर्न नसकिएकाले पानी परे फेरि भत्किन सक्ने जोखिम रहेको छ ।
राजमार्गमा पहिरो गएपछि बझाङको मष्टा, सुर्मा, तलकोट, साइपाल, खप्तडछान्ना लगायतका क्षेत्र र अन्य जिल्लासँग आवातजावात बन्द भएको थियो ।
पहिरोले तमैल र जालेवगरमा २५ मिटर सडकसहित ग्याविन वाल बगाएको थियो । यस्तै कटानी खोला र देवलमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
