काठमाण्डौ ४ भाद्र- नेपाली बजारमा बहुमुल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ। योसँगै आज बिहीबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर थियो। मंगलबार भने २ हजार २ सय रुपैयाँले बढेर छापावाल सुन तोलाका १ लाख ४ सय रुपैयाँमा किनबेच भएको थियो।
आइतबार र सोमबार सुनको भाउ तोलामा दुई÷दुई सय रुपैयाँले घटेको थियो। छापावाल सुन सोमबार ९८ हजार २ सय र आइतबार ९८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा साउन २३ गते छापावाल सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुन बिहीबार तोलाको ९८ हजार ३ रुपैयाँ कायम भएको छ। तेजाबी सुन मंगलबार ९९ हजार ९ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन सोमबार ९७ हजार ७ सय र आइतबार ९७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। तेजाबी सुन गत शुक्रबार ९८ हजार १ सयमा किनबेच भएको थियो साउन २३ गते तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३ सय ८० रुपैयाँ रहेकोमा बुधबार ५ रुपैयाँले घटेर १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो। चाँदी सोमबार तोलाको १० रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ किनबेच भएको थियो। आइतबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ३ सय ५५ रुपैयाँ थियो। साउन २३ गते चाँदीको भाउ तोलाको १ हजार ४ सय ५ रुपैयाँ पुगेको थियो।