धनगढी, ३ भाद्र- लकडाउन भएपछि नेपाली काँग्रेस कैलालीको सबै भेलाहरु स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भाद्र ४ गते राती १२ बजेदेखी लकडाउन गरेपछि नेपाली काँग्रेस कैलालीले उक्त निर्णय लिएको कैलालीका सभापति नरनायण शाह मनुले जानकारी दिए ।
काँग्रेसले पुर्व निर्धारित कैलालीमा गर्ने भनिएका क्षेत्रीयस्तरको वडा सभापति भेलाहरु अर्को सुचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । सबै भेलाहरु जनजिवन समान्य भएपछि गर्ने समेत सभापति शाहले जानकारी दिए ।