कैलाली, ३ भदौ/ कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिन थालेको छ । महामारी सुदूरपश्चिममा भयाबह बन्दै गएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी जम्मा नहुन र भिडभाड नगर्न आग्रह गरेको छ ।
कतिपय स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गर्दै आएका छन् । बझाङको केदारस्यु गाउँपालिकाले विगत केही सातादेखी लकडाउन गरेको छ । बझाङ जिल्लामा कारोना महामारी भयाबह बन्दै गरेको छ ।
तर सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी बझाङले कोरोना महामारी र सरकारको निर्देशनलाई वेवास्ता गर्दै बुधबार सदरमुकाम चैनपुरमा सायौं संख्यामा नेता कार्यकर्ता जम्मा गर्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
नेकपाका जिल्ला पार्टी कार्यालय प्रांगणमा आयोजना भएको कार्यक्रममा प्रतिनिधी सभा सासंद भैरब बहादुर सिहं, पुर्व वन मन्त्री भानुभक्त जोशी, प्रदेश सासंद लगाएतका हुलका हुल नेता कार्यकर्ता जम्मा भएर सरकारको नियमको धज्जी उदाउदै कार्याक्रम आयोजना गरेका हुन् ।


