काठमाडौं– संघीय संसद्का पदाधिकारी तथा सांसदले लगाउने लोगोको बनावटप्रति व्यापक विरोध भएपछि त्यसलाई फिर्ता गर्ने निर्णय संसद् सचिवालयले गरेको छ। सांसद्लाई बाँडिसकिएको उक्त लोगो व्याकरणीय त्रुटिका साथै भद्दा देखिएको आम प्रतिक्रिया थियो।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उक्त प्रतीक चिह्नका विषयमा विभिन्न प्रतिक्रिया आएपछि संसद् सचिवायले मंगलबार फिर्ता पठाउने निर्णय गरेको हो। घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट निर्माण गरिएका उक्त लोगोहरुको संरचनागत र साजसज्जामा त्रुटि देखिएकाले सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको सचिवालयले जनाएको छ।