धनगढी, ३ भदौ/ भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउपालिका स्थित सहजपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बुधबार दिउँसो कैलालीको चुरे गाउँपालिका –३ मा रहेको उक्त सडकखण्डमा पहिरो जाँदा सयौं यात्रु अलपत्र परेका छन्।
अहिले उक्त स्थानमा प्रहरीको टोली पुगेको भएपनि माथिबाट सुख्खा पहिरो आउने क्रम जारी भएको हुँदा सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।