बाजुरा, ३ भदौ/ बाजुरा जिल्लाको बुढिनन्दा नगरपालीका–२ धुपागाढमा बाढि आएको छ । धुपागाढमा आएको पहिरोले कोल्टीको गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चौरतिर गएका छन । हामी सबै भागाभाग भएका छौ स्थानिय दिपकराज जोशीले बताएका छन । जोशीको घट्ट मेशीन सहित डेढ करोडको क्षेती भएको बताएका छन । बुढिनन्दा नगरपालिका ३ नुरीको आसपासका खोला नजिकमा पहिरो लागेर थुनिदै खोला बढ्दै बाढिले आएको आएको स्थानीयले बताएका छन ।
राती घट्ट पिस्न गएको समयमा बाढिले बगाएर १ जना महिलाको मृत्यु भएको छ । राति घट्ट पिस्न गएको समयमा बड्डिगाढ नदि बढेर गए संगै मृत्यु भएको हो । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ६ की भिनु ल्वार रहेकी छन । उनको लाश खोलाको तिरमा भेटीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्र सिं ठगुन्नाले बताएका छन ।
जिल्लाको उत्तरी क्षेत्र कोल्टीमा आएको बाढिले एक जना मान्छे बगाएको छ । मंगलबार राती अबिरल बर्षासंगै आएको बाढिले ठुलो धन जनको क्षेती गरेको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालीका वडा न २ धुपागाढमा बाढि आएको छ । धुपागाढमा आएको पहिरोले कोल्टीको गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चौरतिर गएका छन । हामी सबै भागाभाग भएका छौ स्थानीयले बताएका छन । राति साढे १ बजेतिर उक्त बाढि आएको उनले बताए ।