बझाङ, ३ भदौ/ बझाङको बुङगल नगरपालिका–५ मिडिमा पहिरो खस्दा बेपत्ता भएका दुई बालको शव भेटिएको छ। गएराति करिब १ बजेतिर गएको पहिरोमा पुरिएर १४ वर्षीय सचिन ताम्राकार र ३ वर्षीय बालक सुदीप ओखेडाको ज्यान गएको हो। माथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुर्ण रुपमा पुरिएको छ। प्रताप रोजगारीको शिलशिलामा भारतको बैङ्लोरमा छन्।
ज्यान गुमाएका सचिन प्रतापका छोरा हुन्।पहिरोमा पुरिँदा सचिनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता, १२ वर्षकी सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल ताम्राकार घाइते भएका छन्। घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बुङगलले जनाएको छ। पहिरोमा पुरिएका ४ जनाको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ।
बझाङ पहिरो अपडेट : बेपत्ता दुई बालक मृत भेटिए
बझाङ पहिरो अपडेट : बेपत्ता दुई बालक मृत भेटिए