• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मुख्यमन्त्री उद्घाटनमा व्यस्त, प्रयोगशालामा छैनन् आवश्यकता अनुसार जनशक्ति

कैलाली,  २ भदौ/ गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित बैतडी र डोटीमा तीनवटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले झण्डै साढे चार महिनापछि उपकरण खरिद गरी अहिले जडान गरिरहेको छ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा समेत गत साउन २७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् भने आज डोटीमा समेत प्रयोगशाला उद्घाटन गरेका छन् । चाडै बैतडी, बझाङ र कञ्चनपुरमा समेत उद्धाटन गर्ने तयारीमा छन् ।
प्रदेश सरकारले साउन २७ गते धनगढीमा सेती अस्पतालले व्यवस्थापन गर्ने गरी आफ्नै बजेटमा प्रयोगशाला स्थापना गरेपछि संघिय सरकार मार्फत सञ्चालित प्रयोगशाला बन्द गरेको छ ।
जनशक्तिको कारण देखाउँदै उक्त प्रयोगशाला बन्द गरिएपछि प्रदेश सरकारले नयाँ प्रयोगशाला स्थापना गर्नुले खासै अर्थ राखेको छैन् । किनकी उक्त प्रयोगशाला स्थापना भएपछि परीक्षण दायरा बढेको छैन् । डोटी र बैतडीमा स्थापना हुने प्रयोगशाला पनि पर्याप्त जनशक्ति नभएका कारण क्षमता अनुसारको परीक्षण गर्न नसकिने देखिएको छ ।
जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटटेन्डेन्ट डाक्टर प्रकाश ठकुल्लाले अस्पतालसँग पीसीआर मेसिन सञ्चालन गर्न पाँच जनाको जनशक्ति भएको बताए। उनले पाँच जनाले दैनिक एउटा सिफ्ट मात्रै परीक्षण गर्न सक्ने बताए । थप जनशक्ति भएमा परीक्षणको दायरा समेत विस्तार गर्न सकिने विश्वास उनको छ ।
जिल्ला अस्पताल बैतडीले समेत प्रयोगशाला जडान गरी सञ्चालनको तयारी गरेको छ। तर जनशक्ति व्यवस्थापन भईसकेको छैन् । जनशक्ति व्यवस्थापनका लागि आवेदन माग गरेकाले छनौट प्रक्रिया थालिएको भएपनि उक्त जनशक्तिले मेसिनको क्षमता अनुसार परीक्षण गर्न नसकिने देखिएको छ ।
जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले प्राविधिक जनशक्ति भर्ना गरेर परीक्षण थालिने बताए । यता सामाजिक विकास मन्त्रालयले भने जनशक्ति व्यवस्थापन सम्बन्धी अस्पतालबाटै हुने दावी गर्दै आएको छ ।
मन्त्रालयले जनशक्ति व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट मन्त्रालयले दिने जनाएको छ भने बैतडी र डोटीमा जनशक्ति व्यवस्थापन हुने तर धनगढीको हकम सेती प्रादेशिक अस्पताललाई आवश्यक बजेट निकास दिने तयारीमा रहेको दावी गरिएको छ ।
मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अस्पतालहरुलाई प्राविधिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट दिने बताउँदै भर्ना गर्ने काम उतैबाट हुने बताए ।
तर प्रदेशमा माईक्रो बायोलोजिष्ट नभएका कारण संघिय सरकारसँग माग गरिएको उनले बताए। संघिय सरकारले जनशक्ति पठाए परीक्षणलाई तिव्रता दिन सकिने दावी गरिएको छ। सुदूरपश्चिममा अहिले धनगढी, डडेल्धुरामा र डोटीमा गरी तीन वटा प्रयोगशाला स्थापना गरिएको छ ।
ती प्रयोशगालाबाट दैनिक एक हजारका दरले तीन हजारजनाको परीक्षण गर्न सकिने भएपनि पर्याप्त जनशक्ति नभएका कारण दैनिक एक हजारको हाराहारीमा परीक्षण भईरहेको छ । जसका कारण प्रदेशमा प्रयोगशाला हुँदाहुँदै पनि परीक्षणको दायरा नबढ्दा संक्रमणको अवस्था यकिन हुन सकेको छैन् ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.