धनगढी, २ भदौ/सुदूरपश्चिम प्रदेशमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका एक जनामा संक्रमण देखिएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका ६४९ जमुनामध्ये १ जनामा संक्रमण पोजेटिभ देखाएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
